• २०७६ मङ्सिर २१ शनिबार

हिन्दी फिल्म बुधबार नै रिलिज गर्न अदालतको आदेश

जिल्ला अदालत काठमाडौंले हिन्दी फिल्म ‘भारत’लाई बुधबार नै नेपाल रिलिज गर्न दिन अन्तरिम आदेश जारी गरेपछि सिनेमा रिलिजको ‘बार’ विवाद फेरि चुलिएको छ ।

नेपालमा विभिन्न संघसंस्थाको सहमतिमा शुक्रबार मात्रै फिल्म रिलिज गर्ने सहमति भएको थियो । विदेशी तथा नेपाली सबै फिल्म सहमतिमा शुक्रबार रिलिज हुँदै आएका थिए तर अदालतको पछिल्लो आदेशले विदेशी फिल्म जुनसुकै बार रिलिज गर्न पाउने बाटो खुला भएको छ । शुक्रबार मात्र फिल्म रिलिज गर्न दिने बोर्डको निर्णयविरुद्ध जिल्ला अदालतमा वितरण कम्पनी ब्यांकटेस् इन्टरटेनमेन्टका तर्फबाट मनोज राठीले रिट दायर गरेका थिए । अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्नसमेत चलचित्र विकास बोर्डलाई सचेत गराएको छ ।

यसअघि हिन्दी फिल्म ‘कलंक’ पनि बुधबार नै रिलिज गर्न खोज्दा विकास बोर्डको पहलमा शुक्रबार मात्रै रिलिज गर्न दिइएको थियो । योसँगै सलमान खान स्टारर चलचित्र ‘भारत’ बुधबारदेखि नै नेपालमा रिलिज भएको छ । यसको प्रत्यक्ष असर रिलिज भैरहेका नेपाली चलचित्रमा परेको छ । ‘जात्रै जात्रा’को शो आधा घटेको छ भने हलमा चलिरहेको चलचित्र ‘कुम्भ करण’ ५ दिनमात्र मल्टिप्लेक्समा चल्न पाएको छ । नेपाली चलचित्रलाई पाखा लगाउँदे वितरकले यस्ता खालका प्रवृत्ती देखाउँदै आएको यो पहिलो पटक भने होइन ।

यसैबीच चलचित्र निर्माता संघले विज्ञप्ती जारी गर्दै वितरकहरुले जुनसुकै बार विदेशी चलचित्र रिलिज गर्न लागेको भन्दै असन्तुष्टी जनाएको छ । संघका महासचिव रोज राणाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नेपालका चारवटा ठूला चाडपर्व ९दसैं, तिहार, तीज र नयाँ वर्ष०का निश्चित बिदाका दिनबाहेक अन्य मितिमा अनिवार्य रूपमा शुक्रबार मात्र फिल्म प्रदर्शन गरिनुपर्ने नियम र पद्धति छ । शुक्रबारअगावै विदेशी फिल्म प्रदर्शन गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेको सुन्नमा आएको हुँदा यस विषयमा संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

संघको विज्ञप्तीमा अगाडि भनिएको छ–‘चलचित्रको प्रदर्शनलाई आफ्नै प्रक्रिया र पद्धतीबाट व्यवस्थित गर्नुको ध्येय विशुद्ध रुपमा स्वदेशी चलचित्रलाई पहिलो प्राथमिकतामा राखी कुनैपनि भाषाका चलचित्रहरुलाई सर्वसुलभ रुपमा प्रदर्शन हुने पद्धती र परिपाटिको विकास गर्नु रहेको हुँदा नेपाल चलचित्र संघ सम्पूर्ण सरोकारवाला निकाय र सम्बन्धित पक्ष समक्ष शुक्रबार मात्र चलचित्र प्रदर्शन गरिनुपर्ने प्रावधान लागू गराउन जोडदार अपिल गर्दै ध्यानाकर्षण गराउँदछ ।’

निर्माता संघले वार्ता र छलफलका लागि सधै तयार भएको समेत स्पष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार