• २०७६ असोज ६ सोमबार

रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगल फाइनलमा

सुपर स्टार क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान पोर्चुगलमा भएको सेमिफाइनल खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ गेलले हरायो । 

पछिल्ला चार अन्तर्राष्ट्रिय सहभागितामा गोल गर्न नसकेको रोनाल्डोले ह्याट्रिक पुरा गरेका हुन् । पोर्टाेमा खेलको २५औं मिनेटमा रोनाल्डोले २५ यार्ड टाढा प्राप्त फ्रिकिकमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफमा १–० ले अघि रहेको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गर्दा १ गोल खान पुगेको थियो । ५७औं मिनेटमा स्वीट्जरल्यान्डले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो । स्वीट्जरल्यान्डका रिचार्डो रोड्रिग्वेजले पेनाल्टीको सदुपयोग गरेका थिए ।

खेलभर सानदार प्रदर्शन गरेका रोनाल्डोले खेलको अन्तिम तीन मिनेटमा दुई गोल थप्दै ह्याट्रिक पूरा गरेका थिए । रोनाल्डोले ८८आंै मिनेटमा बर्नाडो सिल्भाको पासा दोस्रो गोल गरे । उनले ९०औं मिनेटमा कर्नरबाट प्राप्त बलमा उत्कृष्ट गोल गर्दै ह्याट्रिक पूरा गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार