• २०७६ असार ४ बुधबार

गुण्डा नाइके ‘राधे’ धादिङबाट पक्राउ

गुण्डा नाइके राधाकृष्ण भण्डारी (राधे) पक्राउ परेका छन्। प्रहरीको खोजी सुचीमा रहेका राधे धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेका हुन् ।

उनको साथबाट हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ । ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको र उनलाई हतियारसहित पक्राउ गरिएको धादिङ प्रहरी स्रोतले जनाएको छ । नेपाली कांग्रेस निकटको युवा संगठन तरुण दलको जिल्ला उपाध्यक्ष रहेका उनी विगत लामो समयदेखि गुण्डागर्दी कार्यमा संलग्न थिए ।

उनले प्रहरीलाई देखेपछि प्रहरीलाई नै लक्षित गरी फायर गरेका थिए । जसबाट प्रहरीको गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । धादिङमा हुने ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिसन राधेले धम्काएर लिने गरेको स्थानीयबासी बताउँछन् । गुण्डा नाइके स्वर्गीय दिनेश अधिकारी (चरी) माथि गोली प्रहार गरेर पक्राउ परेका उनी केहि समयमा छुटेपनि अपराध महासाखाको वारेन्ट सुचीमा थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार