• २०७६ असोज ६ सोमबार

हुण्डाई फेष्टिभ डिलाइट २०७५ का विजेताहरु पुरस्कृत, खड्कालाई क्रेटा र केसीलाई आई२० एक्टिभ उपहार

हुण्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई फेष्टिभ डिलाइट २०७५’ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ ।

लक्की ड्रमार्फत छानिएका विजेताहरुले एक जनाले क्रेटा र अर्कोले आइ२० एक्टिभ कार जितेका छन् । लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विजयीहरु बद्रिकुमार खड्का  (कुपन नं. १६२२) लाई क्रेटा र भावना केसी (कुपन नं. ९०६) लाई आइ२० एक्टिभको साँचो हस्तान्तरण गरेका छन्। लक्की ड्रको विजेताहरुको छनौट ५ मेमा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो। लक्कीड्रबाट १० ग्राम सुन १०० जनाले जितेका थिए। 

हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी उपलब्ध  छन्। कम्पनीका देशभरी १५ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार