नेप्सेमा ८ अंकको गिरावट, कारोबार ६१ करोड

साताको पहिलो दिनको कारोबार सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव ७८ अंकले घटेर १ हजार २ सय ७५ दशमलव ८२ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।
यसदिन १ सय ७३ कम्पनीको २० लाख ७२ हजार ३०४ कित्ता शेयर खरिदबिक्री भई ६१ करोड ३ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । एनआईसी एसिया बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । एनआईसीको प्रतिकित्ता ४५१ रुपैयाँमा ४ करोड १८ लाख ५९ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यस्तै शिवम् सिमेन्ट लिमिटेडको प्रतिकित्ता ६७१ रुपैयाँमा ३ करोड ९० लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको हो ।
विकास बैङ्क, उत्पादनमूलक र म्युचलअल फन्डबाहेक सबै परिसूचक घटेका छन् । आज सबैभन्दा बढी कमाउनेमा वल्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको भएको छ । जसको शेयर मूल्यमा ७ दशमलव ६१ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा ताँरागाँउ रेजेन्सि होटलका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ७ दशमलव ३३ प्रतिशतले घटेको छ ।
प्रतिकृया दिनुहोस