• २०७६ असार ४ बुधबार

नेपाली कार्गो रेलले वीरगञ्ज र विराटनगरबाट कोलकात्तासम्म दुईतर्फी ढुवानी गर्न पाउने

 नेपाल - भारतबीचको रेल सेवा सम्झौता ५ वर्षका लागि नवीरकरण भएको छ । भारतमा जेठ २३ र २४ गते भएको दुई दशेबीचको वार्तामा भारतसँग रेल सेवाबारे दर्जनभन्दा बढी सहमति भएका छन् ।

नयाँ सहमति अनुसार भारतले नेपाली रेललाई कोलकात्तारहल्दियादेखि वीरगञ्ज, विराटनगरसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन सैद्दान्तिक सहमति जनाएको छ । अब नेपालकै रेल कोलकत्तासम्म जान बाटो खुलेको छ । पुनरावलोकन बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा ११ सदस्यीय टोली भारत गएको थियो । भारतबाट टोली फर्किएपछि सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । वार्तामा भएका सहमतिबारे आज मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार वार्तामा जनकपुर–जयनगर रेल सेवा सुचारु गर्नेसहित विभिन्न स्थानमा बल्क कार्गो सेवा विस्तार गर्नेबारे पनि भारत सकारात्मक देखिएको छ । भारतले नेपाललाई पहुँच दिन लागेका नयाँ धामरा र मुन्द्रा पोर्टसम्मको रेल सेवालाई पनि सम्झौतामा समेट्ने विषयमा सहमति भएको  छ । यसतै रक्सौलको सुख्खा बन्दरगहासम्म विद्युतीय रेल्वे लाइन विस्तारमा पनि भारत सहमत भएको  छ । भारतीय रेलबाट लाइसेन्स पाएका अन्य रेल सेवा सञ्चालकसँग पनि नेपालले कार्गो ल्याउन सक्ने गरी व्यवस्था गर्नेबारे छलफल अघि बढाउने सहमति पनि भएको  छ।

रेल्वेको विलम्ब शुल्क कम गर्ने, आधिकारिक कार्गो रेल सञ्चालकको दायित्व किटान गर्ने लगायतका भारतीय पक्षले नेपाली पक्षलाई आश्वास्त गरेको छ । बल्क कार्गो रेलमार्गबाट वीरगन्ज–रक्सौलबाहेक विराटनगर–जोगबनी, भैरहवा–नौतनवा र नेपालगन्ज–रुपैडियामा रेल सञ्चालनमा आएपछि ढुवानी गर्न पाउने पनि सहमति भएको छ ।

यस्ता छन् सम्झौताहरु :

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार