• २०७६ असार ४ बुधबार

४ कन्टेनर ऊन ल्याएपछि बन्द तातोपानी नाका अझै चलेन

तामझामले उद्घाटन गरिएको नेपाल(चीन तातोपानी नाका अझै सञ्चालनमा भने आउन सकेको छैन । उद्घाटनपछि एउटा पनि कन्टेनर यस नाकाबाट आवतजावत नभएको पाइएको छ ।

२०७२ मा भूकम्पले मितेरी पुल ध्वस्त बनाएपछि बन्द भएको उक्त नाका, दुई–देशीय अधिकारीहरुको उपस्थितीमा जेठ १५ गते पुनःसञ्चालनमा ल्याइएको थियो। नाका सुचारुगर्दा अतिशबाजीका साथ रेड कार्पेट बिछ्याएर ४ कन्टेनर ऊन नेपाल भित्राएपछि बन्द भएको नाका अझै सञ्चालनमा आउन सकेको छैन् । औपचारिकताका लागि नाका उद्घाटन गरिए पनि राम्रोसँग सञ्चालनमा आउन अझै डेढ महिना लाग्न सक्ने तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले बताए । ‘कार्यालय व्यवस्थापनका कामहरु अझै बाँकी छन्, फर्निचर पनि आइपुगिसकेको छैन’ उनले भने, ‘औपचारिक त भयो तर सञ्चालनमा आउन अझै केहि समय लाग्छ ।’ 

तातोपानीदेखि ६ किलोमिटर तल लार्चामा चीन सरकारले सुख्खा बन्दरगाहा निर्माण गरिसकेता पनि आन्तरिक पूर्वाधार तथा सञ्चार संयन्त्र जडान नभएका कारण बन्दरगाहा हस्तान्तरण हुन पाएको छैन् । उक्त बन्दरगाहा नेपाललाई हस्तान्तरण हुने वितिकै द्रुत गतिमा नाका संचालनमा आउने बस्नेतको भनाई छ । नेपाल चीन जोड्ने प्रसिद्ध उत्तरी नाकाको रुपमा चिनिने अरनिको राजमार्गमा २०७१ सालमा जुरेमा आएको पहिरोका कारण आंशिकरुपमा ठप्प भएको थियो भने २०७२ सालको भुकम्पपछि पूर्ण रुपमा ठप्प भएको थियो । यो नाका नेपाल(चीन मध्येको सबैभन्दा बढी कारोबार हुने नाकाको रुपमा परिचित थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार