• २०७६ असार ४ बुधबार

दुई करोड खर्चेको पुल उद्घाटन नहुँदै टेको

अग्ला र लामा पुलैपुलका कारण परिचित पर्वत जिल्लाको कुश्मा खेरहादेखि अधिकारी फाँट ज्ञादी जोड्ने मोदी खोलापुल माथि निर्माणाधीन पुल उद्घाटन नहुँदै भत्किएर टेका लगाउने अबस्थामा पुगेको छ । सो पुल निर्माणको क्रममा अनियमितता भएको आशंका गर्दै स्थानीय बासिन्दाले बिरोध शुरु गरेपछि पुल मर्मत कार्य पनि थालिएको छ ।

पुलमा आवातजावत गर्दा पुल बाँङ्गो र कमजोर भएको महसुस गर्दै स्थानीयबासीले विरोध जनाएपछि मर्मत थालिएको हो । पुलको लट्ठा कस्नेभन्दै अहिले पुलको वाल भत्काउन शुरु गरिएको छ भने पुलको दुवै साइटमा फेरी मर्मतको काम भइरहेको हो । अहिले पुलको दुवै साईडको जाली निकाल्ने र लठठाको साईड चिन्ने काम भईरहेको हो ।

मोदी खोला माथि तीन सय ५९ मिटर लम्बाई र एकसय २८ मिटर अग्लो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको भन्दै गएको वैशाखदेखि सर्वसाधरणका लागि खुल्ला गरिएको थियो । तर त्यो पुल अहिलेसम्म उद्घाटनसम्म भएको छैन ।

२०७५ सालमा निर्माण सुरु भएको पुलको संचालनमा नआउँदै विग्रिनुले निर्माण नै कमजोर भएको स्थानीयले बताएका छन । निर्माण समिति सचिव कृष्ण पौडेलले जनप्रतिनिधिदेखी  जिल्लातहबाट अनुगमन नभएका कारण पुल कमजोर बनेको आरोप आरोप लगाउन्छन् । पुल कमजोर बन्नुमा ईन्जीनीयर कै कमजोरी रहेको उनको ठम्याई छ । त्यति मात्र हैन, संघियता कार्यन्वयनको चरणमा निर्माण थालिएको सो पुलको स्वामित्व कसले लिने भन्ने बारेमा स्पस्ट नहुदा पुल कम्जोर बनेको पुल उपभोक्ता समितिको पदाधिकारीहरुको भनाई रहेको छ ।

दुई करोडमा निर्माण भएको पुल सम्पन्न भएपछि ज्ञादी, शंकरपोखी, खौलालाकुरी, पिपलटारीका बासिन्दाहरुलाई सदरमुकाम झर्न सजिलो भएको थियो । तर त्यही पुल पनि जुनसुकै बेला भाँच्चिन सक्ने भयले स्थानीय बासिन्दा चिन्तित छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार