• २०७६ भदौ ३ मंगलबार

चट्याङ लागेर १ जनाको मृत्यु, ३ घाइते

डडेल्धुरा,

डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला परशुराम नगरपालिका–३ मार्ककी १३ वर्षीया संगिता भाटको चट्याङ लागेर मृत्यु भएको हो ।

बुधबार बिहान ७ बजेतिर घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते संगीतालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ । संगिता भागेश्वर मावि शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन् । प्रहरीका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्य तीन घाइते भएका छन् ।

घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट घाइते भएका हुन् । मीना संगीताकी दिदी हुन् । घाइतेमध्ये भरतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार