• २०७६ असोज ६ सोमबार

कतारमा मात्रै पछिल्ला तीन महिनामा २७ नेपालीको मृत्यु

तीन महिनाको अबधिमा कतारमा वैदेशिक रोजगारीका लागि पुगेका २७ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । २०७५ माघ १ देखि २०७५ चैत्र मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाली दूतावास कतारले विभिन्न कारणले कतारमा ३ महिना भित्र २७ नेपालीले ज्यान गुमाएको तथ्याङ्गक सार्बजनिक गरेको छ ।

यस्तै, दूतावासले कतारका विभिन्न अस्पतालमा सिकिस्त बिरामी भएर ८ जना नेपाली कोमामा रहेका जानकारी दिनुको साथै, कानुनी कारबाहीको सिलसिलामा कतारको केन्द्रिय कारागारमा ३७ जना नेपालीहरुले जेल जीबन बिताइरहेको समेत दूतावासले उल्लेख गरेको छ ।

दूतावासले तीन महिना भित्र आफ्नो सुरक्षित सेल्टर हाउसमा राखेर दुई महिलालाई उद्दार गरि स्वदेश फिर्ता गरेको छ । अबैधानिक रुपमा बसेका २७५ जना नेपालीहरुलाई कानुनी प्रक्रिया पुरा गरि स्वदेश फिर्ता पठाएको नेपाली दूतावास कतारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार