• २०७६ असार ४ बुधबार

गल्तीवश आप्रवासी सम्झौता सार्वजनिक

वासिंगटन,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गल्तीवश मेक्सिकोसँग भएको आफ्नो आप्रवासी सम्झौताको केही विस्तृत विवरण सार्वजनिक गर्न पुगेका छन् । ती विवरण गोप्य भन्दै उनले ती योजनाहरूबारे पत्रकारहरूसँग छलफल गर्न भने अस्वीकार गरेका छन् ।

तर सो समझौता लेखिएका एक मुठ्ठी कागजात हल्लाउँदै गर्दा सञ्चार माध्यमले त्यसको तस्बिर खिच्न भ्याएका थिए । राष्ट्रपति ट्रम्पले मेक्सिकोबाट अवैध ढङ्गले अमेरिका आउने आप्रवासीहरूलाई रोक्ने उद्देश्यले मेक्सिकोबाट आउने वस्तुहरूमाथि ५ प्रतिशत ट्यारिफ लगाउने तथा प्रत्येक महिना त्यसलाई ५ प्रतिशतकै दरले बढाउँदै लैजाने योजना अघि सारेका थिए ।

तर मेक्सिकोले आप्रवासी समस्या हल गर्न ठोस कदम चाल्ने बचन दिएपछि अमेरिका र मेक्सिकोसँग भएको सम्झौता मुताबिक उक्त ट्यारिफ नीति स्थगित गरिएको हो । मेक्सिकोका विदेश मन्त्री मार्सेलो एवरार्डले मेक्सिकोलाई अमेरिकामा अवैध रूपमा छिर्ने आप्रवासीहरूको प्रवाहलाई नियन्त्रण गर्ने ४५ दिने म्याद रहेको पुष्टि गरेका छन् ।

सोही सम्झौता मुताबिक अमेरिकाले मेक्सिकोको सीमा क्षेत्रमा थप ६ हजार नेसनल गार्ड तैनाथ गर्ने भएको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिय चुना प्रचार अभियानको दौरान मेक्सिको र अमेरिकाबिचको सिमानामा पर्खाल निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । एवरार्डले अमेरिकाले आप्रवासीको सङ्ख्या शून्यमै झरोस् भन्ने चाहेको जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार