• २०७६ असार ५ बिहीबार

दुर्घटनामा घाइते सैनिकको मृत्यु

दीपक पराजुली
टिभी अन्नपूर्ण, हेटौडा । 
मकवानपुरको भीमफेदी गाउँपालिका वडानम्बर १ सामरी पुल नजिकै बुधबार राति भएको सवारी दुर्घटनामा घाइते भएका सैनिकको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका लेस नायक विवेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसैतर्फ जाँदै गरेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका ३० वर्षीय तामाङलाई उपचारका लागि काठमाडौँ लगिएको र सोही क्रममा उनको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार