• २०७६ असार ४ बुधबार

जागरण अभियानले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको कांग्रेसको निष्कर्ष

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ ।  काँग्रेसले दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको अन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दल लगायतका भ्रातृ सङ्गठन गठन गरिने जानकारी दिएको छ ।

बिहीबार पहिलो चरणको राष्ट्रिय जागरण अभियान सम्पन्न गरेपछि पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा  प्रवक्ता विश्वप्रकाश शर्माले उक्त कुरा बताएका हुन् । उनले जागरण कार्यक्रमबाट ३१ हजार ६ सय ४२ जना काँग्रेस पार्टीमा प्रवेश गरेको बताए ।  जिल्ला, क्षेत्र, गाउँ नगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

साथै उनले वर्तमान सरकार धर्म र संस्कृतिका विषयमा अनावश्यक विवाद सिर्जना गरी द्वन्द्व बढाउने काममा लागेको आरोप लगाएका छन् । काँग्रेसले गुठी विधेयकको माध्यमबाट धर्म र संस्कृतिको विषयमा अनावश्यक रूपमा प्रवेश नगर्न सरकारलाई आह्वान समेत गरेको छ । वर्तमान सरकारका प्रधानमन्त्री नै विवादित र धर्म प्रचारक विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि लिने होडमा भन्दै काँग्रेसले सरकार आफैँ द्वन्द्व निर्माण गर्ने बाटोमा लागेको आरोप लगाएको छ । पार्टी प्रवेश गरेकाहरूलाई प्रशिक्षण दिएर उचित जिम्मेवारी दिने शर्माले बताए । त्यस्तै उनले दोस्रो चरणको जागरण अभियानको तयारी भइरहेको पनि बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार