• २०७६ असोज ६ सोमबार

सेयर बजारमा गिरावट कायमै, कारोबार पनि घट्यो

सेयर बजारमा ओरालो लाग्ने क्रम बिहीबार पनि रोकिएन । बिहीबार नेप्से मापन गर्ने सूचक २.९२ अंकले घटेर १२६९.५५ बिन्दुमा रोकिएको छ । यसदिन १ सय ७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता शेयर खरिदबिक्री भई ४५ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

११ समूहको कारोबारमा होटल समूहको उपसूचक ४.१९ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचकमा गिरावट देखिएको छ । कारोबार रकमको आधारमा सगरमाथा इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । जसको कारोबार ३ करोड ८ हजार रुपैयाँ बराबरको भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा शिवम सिमेन्ट र प्रभु बैंक रहेका छन् ।

यस दिन सबैभन्दा बढी कमाउनेमा अरुण खोला जलविद्युत कम्पनीको भएको छ । जसको शेयर मूल्यमा ५ दशमलव २६ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ४ दशमलव ६७ प्रतिशतले घटेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार