• २०७६ असार ४ बुधबार

३७ वर्षपछि साहका हत्यारा पक्राउ

अखिलेश कुमार यादव
टिभी अन्नपूर्ण, रौतहट ।
 ३७ वर्षअघि एक व्यक्तिको हत्या गरेर फरार भएका वीरबहादुर चौधरी पक्राउ परेका छन् । वि. सं. २०३९ जेठ ८ गते बाराको महागढीमाई नगरपालिका–५ का सुकदेव साहलाई चौधरीले घाँटी रेटेर हत्या गरेका थिए।

सोही नगरपालिका–११ मधुरी टोलका चौधरीले साहलाई घरबाट बोलाएर एकान्त ठाउँमा लगेर हत्या गरि शवलाई  गाउँ नजिक रहेको डेरा नदिमा फालेको थिए । साहको हत्या गर्दा चौधरी ३९ वर्षका थिए। ७६ वर्षको उमेरमा उनले अब २० वर्ष कैद सजाय भोग्नुपर्नेछ। साहको हत्यापछि कर्तव्य ज्यान मुद्दामा तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालत हेटौंडाले २०४३ फागुन १९ गते र सर्वोच्च अदालतले २०४५ असोज १७ गते चौधरीलाई २० वर्ष कैदको फैसला सुनाएको थियो । हत्यापछि फरार चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले विशेष सुराकीका आधारमा पक्राउ गरेको हो । लुकिछिपी बस्दै आएका उनलाई नेपाल भारत सीमाबाट बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनका लागि आज कारागार कार्यालय वीरगंज पर्सा पठाइएको बाराका एसपी सानुराम भट्टराईले जानकारी दिए । 

साहकै हत्यामा संलग्न अर्का व्यक्ति पटल साह सोनारलाई बारा प्रहरीले गत भदौ ५ गते पक्राउ गरेको थियो। उनी वीरगन्ज कारागारमा कैद भुक्तान गर्दै आएका छन्। साहको हत्यामा संलग्न अन्य व्यक्ति भने अझै फरार छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार