• २०७६ भदौ ३१ मंगलबार

सोमबार पनि घट्यो नेप्से परिसूचक

धितोपत्र बजारमा नेप्से परिसूचक सोमबार पनि घटेको छ । आइतबार साढे ८ अंकले घटेको नेप्सेमा सोमबार करिब ९ अंकको गिरावट आएको हो ।
पछिल्लो समयमा सेयर लगानीकर्ताले राखेको माग पूरा हुने क्रममा ब्रोकरबाटै मार्जिन कारोबार गर्न पाउने व्यवस्था कार्यान्वयनमा आउँदा परिसूचकले रौनक थपेको भने छैन । लगानीकर्ताले आफूहरु उत्साहित भएको बताउँदा बताउँदै परिसूचक भने घटेको हो ।
हिजैदेखि लगानीकर्ताले आफूहरु उत्साहित भएको बताएपनि सेयर बजारले भने उल्टो चाल देखाएको हो । साताको पहिलो दिन नै ८.५७ अंकले घटेको बजार सोमबार ८.८५ अंकले ओरालो लाग्यो ।
कारोबार सुरु भएको केही बढ्न खोजेको प्रयत्न गर्नुभन्दा नेप्सेले दिनैभर सकारात्मक दिशा देखाएन । अन्ततः परिसूचक ०.७७ प्रतिशतले घटेर ११ सय ४४ दशमलव २७ अंकमा पुगेर रोकियो ।
सोमबार १ सय १४ कम्पनीको सेयर मूल्य घट्दा नेप्सेमा पनि गिरावट आएको हो । नेप्से घट्दा बजारमा कारोबारमा पनि उत्साह देखिएन । कारोबार रकम अघिल्लो दिनभरभन्दा कम रह्यो । हिजो दिनभर ४१ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको सोमबार कारोबार रकम ३६ करोड ४३ लाखमा सीमित रह्यो । यसक्रममा १६२ कम्पनीका १२ लाख ९ हजार कित्ता सेयर खरीदबिक्री भए ।
आइतबार कारोबारमा आएका ११ समूहमध्ये होटलसमूहको उपसूचक मात्र बढ्यो । घट्नेमा जीवन बीमा समूह सर्वाधिक ६४ दशमलव ९८ अंकले ओरालो लाग्यो ।
यसदिन नेपाल बैंकका सेयरले कारोबार रकममा अग्रता लिए । बैंकको २ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अन्य दुई कम्पनीको पनि २ करोडभन्दा बढीको कारोबार भए ।
सोमबार सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए । कम्पनीको सेयर मूल्य ३.६७ प्रतिशतले घट्दा आँखुखोला जलविद्यूत्को सेयर मूल्य ४ रुपैयाँले घटेर ८१ रुपैयाँ प्रतिकित्तामा कायम भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार