• २०७५ फाल्गुण ९ बिहीबार

ब्याजदर वृद्धिप्रति उद्योग बाणिज्य संघ चितवनको ध्यानाकर्षण

प्रनिश थापा, टिभी अन्नपूर्ण चितवन । 

बैंक तथा बित्तिय संस्थामा एकतर्फी रूपमा व्याजदर वृद्धि भएकोप्रति उद्योग बाणिज्य संघ चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै बैंक तथा बित्तिय संस्थाले व्याजदर वृद्धिलाई तत्काल नियन्त्रण गर्दै समस्या समाधान गर्ने प्रतिबद्धता कार्यान्वन नै नगरी एकतर्फी रुपमा ब्याजदर बढाएको आरोप लगाएको हो । “चर्को ब्याजदर वृद्धिका कारण निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत वृद्धि भएको र नयाँ परियोजना ल्याउन नसकिने स्थिति सृजना भएको छ ।” अव्यवहारिक ढंगबाट एकतर्फी रुपमा व्याजदर बढाउदा बिगत र बर्तमानको लगानीलाइ प्रतक्ष्य प्रभाव पार्ने संघको ठहर छ । उद्योग क्षेत्रको प्रतिस्पर्धी क्षमतामा ह्रास भएर लगानीलाई निरुत्साहित गर्ने संघको टिप्पणी छ । बढ्दो व्याजदरलाइ नियन्त्रण गर्न संघले सरकार, अर्थ मन्त्रालय लगाएत अन्य सरकारी निकाय समक्ष माग समेत गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार