• २०७६ मङ्सिर २१ शनिबार

अमेरिकामा पण्डित दिनबन्धु पोखरेललाई मानार्थ नागरिकताको सम्मान

विजय थापा, 
टिभी अन्नपूर्ण, डिसी । 
अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिल सहरमा नेपालका वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेललाई मानार्थ नागरिकताको सम्मान गरिएको छ । 

पण्डित पोखरेललाई हरन्डन सहर भर्जिनियाले उक्त सम्मान गरेको हो । पण्डित पोखरेललाई उक्त सम्मान हरन्डन नगर परिषद्का नगर परिषद् सदस्य नेपाली मूलका निर्वाचित युवा प्रदीप ढकालले डिसी मेट्रो सप्ताह २०१९ को छैठो दिन शुक्रवार सम्मान गरेका हुन् । 

नगर परिषद् ढकालका अनुसार मानार्थ नागरिकता कुनै पनि विदेशी नागरिकलाई विशेष योगदान गरे बापत प्रदान गरिने उच्चतम सम्मान हो । यसले कुनै पनि दर्जा (स्टाटस) परिवर्तन नगर्ने उनले बताए । उनले भने 'अमेरिकी सङ्घीय सरकारले अहिले सम्म ८ जनालाई यस्तो सम्मान गरेको छ । राज्य तथा स्थानीय स्तरमा पनि योगदान गरे बापत यस्तो सम्मान गरिन्छ ।'

उनले पण्डित दिनबन्धु पोखरेलले नेपाली धर्म ,संस्कृति र अध्यात्म र विश्व शान्तिको लागी गरेका कामको प्रशंसा गर्दै उक्त सम्मान पत्र प्रदान गरेका छन् । नगर परिषद् सदस्य ढकालले पण्डित पोखरेललाई प्रदान गरिएको सम्मान पत्र पढेर सुनाएका थिए । उक्त मानार्थ नागरिकता सम्मान पत्रमा नेपाली समुदायमा योगदान गरेकोले हरन्डन सहर तथा हरन्डन नगर परिषद्ले धन्यवाद दिएको छ ।

साथै उक्त मानार्थ नागरिकता सम्मान पत्रमा विश्व समुदाय मै शान्ति, आध्यात्मिक र मानवीय सन्देश विस्तार गरेकोमा उक्त सम्मान गरेको उल्लेख गरेको छ । उक्त सम्मान पत्र गत जुन २८ का दिन डिसी मेट्रो सप्ताह २०१९ मा भेला भएका श्रद्धालु तथा भक्तजन बिच प्रदान गरिएको हो । 

मानार्थ नागरिकताको सम्मान अमेरिकी सरकार, राज्य तथा स्थानीय स्तरमा विविध क्षेत्रमा विशेष योगदान गरे बापत सम्मान गर्ने गरिन्छ । सम्भवतः यसरी यो मानार्थ नागरिकताको सम्मान पाउने पण्डित दिनबन्धु पोखरेल पहिलो भएका छन् । अन्य विभिन्न सम्मान गरिएता पनि यस्तो सम्मान नेपाली समुदायमा पहिलो भएको बुझिएको छ । 

उक्त सम्मान पाए पछि पण्डित दिनबन्धु पोखरेलले समस्त डिसी महानगरका नेपाली समुदाय प्रति आभार व्यक्त गरेका छन् । साथै हरन्डनका नगर परिषद् सदस्य ढकाल तथा हरन्डन नगर परिषद्लाई विशेष धन्यवाद दिएका छन् । यसले आफू उत्साहित र गौरवको महसुस भएको बताए । आफूलाई अमेरिकाका विभिन्न राज्यहरूमा नेपाली समुदायले गरेको योगदानको कदर गरेकोमा हर्ष लागेको बताए । 

उक्त सम्मान पाए पछि पण्डित पोखरेलले विदेशमा आएर संस्कृति र आध्यात्मिक विकास गर्ने काममा निरन्तर लागि रहेकोले आफूले गरेको कामको मूल्याङ्कन भएको बताए ।  नागरिकता पाएपछि कसैलाई भ्रम सृजना नहोस् र आफू अमेरिकामा गएर बस्ने तरखर गरेको भन्ने कुराको अर्थ नलागोस भनी पुन समस्त नेपालीहरूलाई अनुरोध गरेका छन् । उनले अगाडी भने 'म नेपाली नागरिक हु र नेपाली नागरिक हुनुमा गर्व गर्दछु ।' उनले नेपालले विश्व हाँक्ने छ भनी हिँड्ने मानिस नेपाल छोडेर जाने परिकल्पना पनि गर्न नसक्ने बताएका छन् ।

सम्मान पाए पछि यो देश ९अमेरिका० मा अझ काम गर्ने अवसर पनि प्राप्त होस् भन्ने सन्देश साथ आफूले धर्म, संस्कृति, अध्यात्ममा जुन काम गरेको छु त्यसमा आफू निरन्तर लागि पर्ने बताए । 


 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार