• २०७६ बैशाख ५ बिहीबार

प्रेमकै कारण चर्चामा नेहा 

बलिउडकी चर्चित गायिका नेहा कक्कड केही दिनदेखि चर्चामा छिन् । चर्चाको कारण उनको प्रेम । केही हप्ता पहिले खबर आएको थियो कि उनको प्रेमी हिमांशु कोहलीसँग ब्रेकअप भएको छ । यसपछि उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘मलाई थाहा थिएन, संसारमा यति स्वार्थी मान्छे पनि हुन्छन् । मैले आफ्नो सबै थोक दिएँ । बदलामा मलाई के मिल्यो, म बताउन पनि सक्दिनँ ।’

गत बिहीबार उनले आफ्नो युट्युब च्यानलमा एक भिडियो सेयर गरेकी थिइन् । भिडियोमा ‘इसमें तेरा छाटा, मेरा कुछ नही जाता’ गीत गाउँदै गरेकी देखिन्छिन् । यो गीत उनले आफ्नो पूर्वप्रेमीका लागि गाएको आकलन भइरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार