• २०७६ कार्तिक १ शुक्रबार

रोनाल्डो भन्दा पनि महँगा बने पोर्चुगलका यी खेलाडी

पोर्चुगलका १९ वर्षीय फरवार्ड जोआओ फेलिक्स कीर्तिमानी मुल्यमा स्पेनिस क्लब एट्लेटिको मेड्रिडमा अनुबन्धित भएका छन् ।

पोर्चुगिज क्लब बेन्फिकाबाट खेलिरहेका उदीयमान खेलाडी फेलिक्सलाई एट्लेटिकोले १ सय २६ मिलियन युरो तिर्दै क्लबमा भित्र्याएको बताइन्छ । यो सँगै उनी क्लब फुटबल इतिहासकै दोश्रा महँगा टिनएज खेलाडी बनेका छन् । यसअघि एएस मोनाकोबाट खेलिरहेका किलियन एमबाप्पेलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) ले १ सय ८० मिलियन युरो तिर्दै क्लब भित्र्याएको थियो ।

अहिलेसम्म नेमार सबैभन्दा महँगा खेलाडी रहेका छन् । त्यस्तै फिलिप कौटिन्हो र उस्मान देम्बेले पनि फेलिक्स भन्दा महँगा खेलाडी रहेका छन् । समग्रमा भने उनी पाँचौ महँगा खेलाडी बने । उनी क्रिस्टियानो रोनाल्डो भन्दा पनि महँगा बनेका हुन् ।

उनलाई भित्र्याउन मेनचेष्टर सिटी, युभेन्टस, बार्सिलोना, मेनचेष्टर युनाइटेड र रियल मेड्रिड लागि परेपनी एट्लेटिकोले बाजी मारेको छ ।

पोर्चुगलको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका फेलिक्सलाई एट्लेटिकोले किस्ताबन्दीमा भित्र्याउँदै ७ वर्षको लागि सम्झौता गरेको छ । उनले राष्ट्रिय टोलीबाट एक खेल मात्र खेलेपनी यसअघि यू–१८, यू–१९ र यू–२० बाट पोर्चुगलको लागि खेलिसकेका छन् ।

अब उनले एट्लेटिकोमा आन्त्वान ग्रीजमानको ७ नम्बरको जर्सीबाट खेल्नेछन् ।

पछिल्लो समय टोलीलाई नयाँ स्वरुप दिन प्रशिक्षक सिमियोनले टोलीलाई नयाँ ढाँचामा ल्याउन प्रयास गरिरहेको बुझिएको छ । यस्तोमा यि आक्रामक मिडफिल्डरले टोलीको लागि नयाँ जोश ल्याउने विश्वास गरिएको बताइन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार