• २०७६ कार्तिक ६ बुधबार

स्मरणशक्ति कमजोर हुँदै गएको छ ? अपनाउनुहोस् यी सरल उपाय

मानिसले हरेक काम गर्न आफ्नो मस्तिष्कलाई तीक्ष्ण र फुर्तिलो राख्नु अनिवार्य हुन्छ । जसले गर्दा दैनिक कार्यमा सहयोग हुने मात्र नभई स्मरणशक्ति पनि बलियो हुन्छ । तपाईंले दैनिक गर्ने कार्यहरुमा केही हेरफेर गरेपनि आफ्नो मस्तिष्कलाई फुर्तिलो र स्वस्थ राख्न सक्नु हुन्छ ।

बिहान ६ बजे आफ्नो विपरीत (देब्रे) हातले ब्रश गर्नुहोस् :

बिहान उठ्ने बित्तिकै शुरु हुने नित्यकर्ममा सधैं सक्रिय हुने भन्दा फरक (दायाँ वा बायाँ) हातले गर्नुहोस् । नियमित चल्ने हात भन्दा फरक हातले यस्तो काम गर्नुभयो भने तपाईं आफ्नै मस्तिष्कलाई च्यालेन्ज गर्न सक्नुहुन्छ । यसबाट मस्तिष्कसँग समन्वय र एकाग्रता सहजै पाउन सकिन्छ ।

विहान ८ बजे कुकुर जस्तै आसनको योग गनुहोस् :

बिहान ८ बजे कुकुर जस्तै आसनको योगा गर्न सकिन्छ । बिहानैको सूर्य नमस्कार आसनको योगाले मस्तिष्कलाई सक्रिय बनाउँछ । करिव २० मिनेटको योगाले मस्तिष्कलाई नियन्त्रण र सूचना ग्रहण गर्न सहयोग गर्छ ।

बिहान १० बजे, आफ्नो घडी अर्को नाडीमा बाध्नुहोस्  :

बिहान १० बजे, आफ्नो घडी अर्को नाडीमा बाँध्नुहोस् परिमार्जित गतिविधिले अचेत मस्तिष्कलाई तपाईंले सोचेको भन्दा थप शक्ति मिल्छ । यो तपाईंलाई सरल लाग्न सक्छ तर एक पटक प्रयोग गरेर त हेर्नुस् ।

मध्यान्ह १२ बजे, सुडुको वा क्रसवर्ड खेल खेल्नुहोस् :

मध्यान्ह १२ बजे, सुडुको वा क्रसवर्ड खेल खेल्नुहोस् पत्रपत्रिकामा पाइने अक्षर मिलाउने तथा रहस्यमय बाटोहरु पत्ता लगाउने खेलको अभ्यास गर्नुहोस् यसले तपाईंको मस्तिष्कलाई स्वस्थ र चलाख बनाउन सहयोग गर्छ । वा तपाईं आफ्नो मोबाइलमा यःतो गेम डाउनलोड गरी खेल्न सक्नुहुन्छ । यो अभ्यास १५ देखि ३० मिनेटसम्म गर्न उचित हुन्छ ।

दिउँसो २ बजे, कफि खाने समय छुट्याउनुहोस् :

दिउँसो २ बजे, कफी खाने समय छुट्याउनुहोस् । कफीले तपाईंको थकित मस्तिष्कलाई सक्रिय र ताजा बनाउन मद्दत गर्छ । एक अध्ययन अनुसार कफीमा एक प्रकारको वनस्पतितुल्य क्षार पाइन्छ । दैनिक २ सय मिलिग्राम क्षारले अघिल्लो दिनको मस्तिष्कको स्मृतिलाई पुन ताजा गराउन प्रभावकारी भूमिका खेल्छ ।

दिउँसो ४ बजे, भाषा अनुवाद गर्ने मोवाईल एप चलाउनुहोस् :

एउटा उपर्यूक्त भाषा अनुवाद गर्ने मोवाईल एप डाउनलोड गरेर विदेशी वाक्यांशहरु सिक्नुहोस् । यसले तपाँईलाई विदेसी भाष सिकाउनुको साथै अन्य धेरै ज्ञान हासिल गर्न मद्दत गर्छ ।

बेलुका ६ बजे, बेलुकाको खानामा सकेसम्म माछा खाने गर्नुहोस् :

बेलुका ६ बजे, बेलुकाको खानामा सकेसम्म माछा खाने गर्नुहोस् कम्तिमा हप्तामा २ पटक माछा वा समुद्रि खाना खाने गर्नुस् । यदि बुढाबुढी वा अल्जाइमरका बिरामी छन् भने हप्तानमा एकपटक खाँदा राम्रो हुन्छ । माछाले तपाईंको मस्तिष्कलाई प्रर्याप्त प्रोटिन र भिटामिन उपलब्ध गराउँछ । करिब एक हप्ता यी दैनिक ७ सरल कार्य गरेर हेर्नुहोस केहि फरक र मार्ट अनुभूति गर्नुहुनेछ ।  हाम्रो डक्टर न्यूज

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार