• २०७६ मङ्सिर २८ शनिबार

नक्कली समाचार नियन्त्रणका लागि एक करोड ८० लाख पाउन्ड स्टर्लिङ

लन्डन,

संयुक्त राष्ट्रसङ्घले पूर्वी युरोपमा बेलायत विरोधी भ्रम छर्न प्रयोग हुने गलत तथा भ्रामक समाचारलाई नियमन गर्नका लागि एक करोड ८० लाख पाउन्ड स्टर्लिङ बजेटको व्यवस्था गर्ने बताइएको छ । बजेटले पश्चिमी बाल्कन क्षेत्रमा झुटा समाचार प्रकाशनमा नियमन गर्ने र स्वतन्त्र सञ्चारमाध्यमलाई मजबुत गरिने बताइएको छ ।

उक्त बजेट द्वन्द्व, स्थिरता र सुरक्षा कोषबाट लिई आगामी तीन वर्षमा खर्च गरिने पनि बेलायती अधिकारीले बताएका छन् ।

“विश्वका जम्मा १० प्रतिशत सञ्चारमाध्यमले स्वतन्त्र सञ्चारमाध्यममा पहुँच राख्ने गरेकाले भ्रामक तथा गलत समाचारले समाजमा भ्रम छर्ने र यसका कारण समाजको अवमूल्यन हुनुका साथै समाजमा अस्थिरता निम्त्याउने गरेको देखिएको छ, ” बेलायती विदेश मन्त्री जेरमी हन्टलाई उद्धृत गरी जारी गरिएको सरकारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

“कोषले केही दबिएका समुदायका बारेमा लेख्ने पत्रकारलाई सहयोग गर्ने र भ्रामक तथा तथ्यहीन समाचारलाई हतोत्साहित गर्ने छ,” उनले बताए ।

सार्वजनिक विज्ञप्तिमा खास गरी सालिसबरी घटनापछि बेलायतले भ्रामक समाचारविरोधि अभियानलाई विश्वव्यापी बनाएको जनाइएको छ ।

बेलायतले यसै हप्ता सञ्चारमाध्यमको स्वतन्त्रताका लागि विश्वव्यापी सम्मेलनको आयोजना गरेको केही दिन पछि भ्रामक समाचार विरोधी अभियानका लागि नयाँ व्यवस्था भएको हो ।

प्याकेज पूर्वी युरोप तथा मध्य एसियामा स्वतन्त्र सञ्चारमाध्यमका लागि भ्रामक सूचना प्रवाहलाई रोक्ने पाँच बर्से अभियान स्वरूप ल्याइएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार