• २०७६ श्रावण ५ आइतबार

मलेसियालाई ७ विकेटले हराउँदै नेपाल फाइनलमा

नेपाल मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । सोमबार घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

मलेसियाले दिएको ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा ग-यो । नेपालको सहज जितमा कप्तान रोहित कुमार पौडेलले २९ बलमा २ चौका र १ छक्का सहित ३१ रन अविजित रहे । त्यस्तै भिम सार्कीले ३४ बलमा २ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे । ओपनर पवन सर्राफले १६ बलमा १८ रन बनाए । ओपनर रित गौतम १४ बलको सामना गर्दा जम्मा ३ रन बनाएर आउट हुँदा, खडक बोहरा शून्य रनमै आउट भएका थिए । छिट्टै लक्ष्य भेटाउने धुनमा खराब सट खेल्दा प्रारम्भिक ब्याट्सम्यान आउट हुन पुगेका थिए । 

मलेसियाका लागि हैक्वल मोद खैरले नेपालको दुई र मोहमद अमिरले एक विकेट लिए ।

त्यसअघि क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया ४०।५ ‌ओभरमा ८७ रनमा अलआउट भयो। मलेसियाका लागि मोहमद अमिरले सबैभन्दा बढी २४ रन जोडे। उनले ३२ बलमा ३ चौका प्रहार गरे। त्यसबाहेक हइक्वाल ममोद खैरले १२ र वान अमिरुल जुलकार्निनले ११ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नेपालका लागी सागर ढकालले ३ विकेट लिए। सागरले १० ओभरमा ३ मेडन राख्दा १६ रन खर्चिए। कुशल मल्लले २ विकेट हात पारे। कमलसिंह ऐरी, रासिद खान र तिलकराज भण्डारीले १/१ विकेट लिए ।

अब नेपालले उपाधिका लागि मंगलबार हङकङ वा सिंगापुर मध्ये एक टिमसँग खेल्नेछ । अर्को सेमिफाइनल खेलमा सिंगापुर र हङकङ प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार