• २०७६ कार्तिक ६ बुधबार

उपाधि जित्दै नेपाल एसीसी यू–१९ एसिया कपमा

काठमाडौं, 

नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जितेको छ । मलेसियामा मंगलबार भएको फाइनलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्‍यो ।

हङकङले प्रस्तुत गरेको ९६ रनको लक्ष्य नेपालले १७ औं ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि ओपनर रित गौतम र पवन सर्राफले पहिलो विकेटका लागि ६.३ ओभरमा ५२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । रितले १४ बलमा २ चौका र पवनले ३६ बलमा ५ चौका र १ छक्का हिर्काए।

खडक बहादुर बोहरा २२ बलमा ८ रन र कप्तान रोहितकुमार पौडेल १० बलमा १२ रन जोडेर आउट भए। भीम सार्कीले नटआउट ८ रन जोडे।  हङकङका लागि रौनक कपुरले २ तथा मोहमद हसन र मोहमद हसन खान १/१ विकेट हात पारे ।

त्यसअघि  किनरारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङ ४३.१ ओभरमा अल आउट हुँदै ९५ रनमा समेटियो । हङकङबाट कप्तान आदित गोरावाराले २४, ओपनर मार्क चल्लुले १९ र रौनक कपुरले १२ रन बनाउनु बाहेक अन्य ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हङकङको इनिङ ध्वस्त पार्न नेपालका सागर ढकालले घातक बलिङ गरे। उनले ५ विकेट हात पारे। किफायती बलिङ गरेका उनले १० ओभरमा १८ रन खर्चिए । सागरले ५ ओभर मेडन राखेका थिए।

सागरसँगैं आएका ओपनिङ बलर कमलसिंह ऐरीले ३ विकेट लिए। तीब्र बलर कमलले सोक्रममा ८ ओभरमा २ मेडन राख्दै २३ रन खर्चे। कुशल मल्ल र तिलकराज भण्डारीले १–१ विकेट लिए।

उपाधि जितेसँगै नेपाल आगामी अगस्ट अन्तिममा श्रीलंकामा हुने यू-१९ एसिया कपमा छनोट भएको छ। एसिया कपमा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएईले खेल्ने पक्का भइसकेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार