• २०७६ श्रावण ५ आइतबार

पतिबाट असुरक्षा भएको भन्दै नायिका शिल्पाले दिइन् निर्माता ओझाविरूद्ध उजुरी

काठमाडौं, 
नायिका शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं टेकुमा शान्ति सुरक्षा दिलाई पाऊँ भनेर शिल्पा उजुरी हालेकी हुन्।  

चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो ।  उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई बुधबार दिउँसो परिसर बोलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए ।

यो जोडीले २०७३ सालमा गुपचुपरुपमा बिहे गरेको थियो। नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । त्यसपछि दुवैले सम्बन्ध राम्रो रहेको सार्वजनिक रुपमै बताउँदै आएका थिए। एकाएक शिल्पाले छविविरुद्ध उजुरी दिएपछि यसले नयाँ तरंग ल्याइदिएको छ।

उनीहरूबीच खटपटको विषयमा प्रहरीले घरेलु समस्या रहेको जानकारी दिएको छ। स्रोतकाअनुसार शिल्पाले छविसँग डिभोर्स मागेकी छन्। म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् यस क्षेत्रमा डेब्यु गराएका थिए । त्यसयता उनले छविको ब्यानरमा ‘मंगलम्’ तथा ‘हवल्दार सुन्तलीुमा अभिनय गरेकी थिइन। 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार