• २०७६ श्रावण ५ आइतबार

पुष्प र सृष्टि खड्का अभिनीत 'आउन माया' सार्वजनिक (भिडियो)

काठमाडौँ,

पुष्प खड्का र सृष्टि खड्का अभिनीत म्युजिक भिडियो 'आउन माया' सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द रचना रहेको गीतमा दीपक शर्माको सङ्गीत र वीरेन्द्र श्रेष्ठ र योजना पुरीको स्वर सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने नरेन्द्र वियोगले गरेका छन् ।

राजकुमारी मेलामा जाँदाको रमाइलो दृश्यलाई भिडियोमा कैद गरिएको छ । भिडियोलाई निसान घिमिरेले निर्देशन गरेका हुन् । गीतलाई सम्पूर्ण हिसाबले उत्कृष्ट बनाउन प्रयास गरेको निर्माण पक्षको भनाइ छ । भिडियोमा बाल कलाकार आयुस र अंशु गुरागाईको समेत आकर्षक नृत्य समावेश गरिएको छ ।

सुरेन बस्यालको कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको ,विकास दाहालको सम्पादन ,मनोज लामाको मेकअप समावेश रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार