• २०७६ असोज ६ सोमबार

त्रिशूली पुल जीर्ण बन्दै, सवारीसाधन आवतजावतमा जोखिम (भिडियो)

काठमाडौँ, 
नुवाकोटको पश्चिम भेग सहित धादिङको अधिकांश भूभाग पुग्ने त्रिशूली पुल जीर्ण बनेको छ । ५ दशक अगाडी भारतले निर्माण गरेको बेलिब्रिज जिर्ण बनेको हो । नयाँ पुल निर्माणको लागी विस्तृत परियोजना प्रतिवेदन निर्माण भएतापनी कार्यान्वयन हुन सकेको छैन ।

विदुर नगरपालिका आफैले पुलको डिपिआर गरी सडक विभागसँग बजेट माग गरेको छ । दुई वर्ष अगाडीबाट नयाँ पुल निर्माण गर्ने बहस भएता पनि हाल सम्म काम सुरु हुन सकेको छैन । फलामे बेलिब्रिजमा प्रयोग गरिएका पाता र नट बोल्ट खिया लागेको छ । सवारीसाधनको आवतजावत बाक्लो भएकाले जोखिम बढेको जनाइएको छ । पुलबाट दैनिक चार सयभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पुलको सुरक्षालाई मध्य नजर गर्दै एक पटकमा एक मात्र सवारी आवतजावत गर्न पर्ने भनिएपनी कार्यन्वयन हुन भने सकेको छैन ।

स्थानीय सरोकारवलाहरुले हाल भइरहेको पुलको विकल्प हुनु पर्ने माग गर्दै आएका छन् । भारत सरकारले २०२१ सालमा त्रिशूली जलविद्युत केन्द्र निर्माणको समयमा बनाइएको पुल जिर्ण बन्दै गएको छ । समयमा नै अर्को व्यवस्थापन नभएमा पुलले ठुलो जोखिम निम्त्याउने सरोकारवलाहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार