• २०७६ असोज ६ सोमबार

डिएसपी हुँ भन्दै ठगी गर्ने लुइँटेल सञ्चारसेटसहित पक्राउ

काठमाडौं,
आफु नेपाल प्रहरीको डिएसपी हुँ भन्दै ठगी गर्दै हिँड्ने धादिङ, धुनिबेशी घर भएका गजेन्द्र प्रसाद लुइँटेल पक्राउ परेका छन् । काठमाडौं प्रहरीले सितापाइलाबाट उनलाई पक्राउ गरेको हो ।

चन्द्रागिरी बस्ने विजय तामाङलाई उनले प्रहरीको डिएसपी हुँ भनेर ठगेका थिए । सेक्युरिटी कम्पनीका नाममा एक लाख ६० हजार रुपैयाँ हाल्न लगाई उनले ठगी गरेका हुन् । उनी सशस्त्र प्रहरीका भगौडा सिपाही भएको अनुसन्धानमा खुलेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार