• २०७६ श्रावण ५ आइतबार

बीपी प्रतिष्ठान धरानका उपकुलपति राजकुमार रौनियार घुससहित रंगेहात पक्राउ

 काठमाडौं,

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र अर्का डा. रामहरी रौनियार घुससहित पक्राउ परेका छन् ।

राजधानीबाट खटिएको अख्तियारको टोलीले उपकुलपति निवास धरानबाट बिहीबार रौनियारद्वयलाई आठ लाख घुस रकमसहित रंगेहात पक्राउ गरेको हो । ‘घुस रकम लिइरहेको अवस्थामा प्रतिष्ठान परिसरमा रहेको उपकुलपति निवास धरानबाट रंगेहात उनीहरुलाई नियन्त्रणमा लिइएको हो,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। उनीहरुका विषयमा थप अनुसनधान भइरहेको छ।

प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरेको उजुरी परेपछि अख्तियारको टोली धरान पुगेको थियो । प्रवक्ता कोइरालाका अनुसार उनीहरुमाथि अनुसन्धान सुरु भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार