• २०७६ श्रावण ५ आइतबार

त्रिभुवन विमानस्थलमा चिप्लियो यतिको विमान

यात्रुहरुमध्ये २ जनाको अवस्था गम्भीर

त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ ।

अवतरणको क्रममा यतीको एटीआर विमान धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको छ । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको हो ।

कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा 'डेल्टा' नामको ट्याक्सीवे नजिकै धावनमार्गबाट चिप्लिएको हो । सवार यात्रुहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ। उनीहरुलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पठाइएको छ।  अहिले विमान उडान अवरुद्ध बनेको छ । वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने विमानस्थल प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार