• २०७६ श्रावण ५ आइतबार

सुर्खेतका प्रमुख वन अधिकृत चार लाख घुससहित पक्राउ

सर्खेत,
जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख वन अधिकृत (डीएफओ) भक्तबहादुर लामा घुससहित पक्राउ परेका छन् । शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लामालाई चार लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन्।

अख्तियारको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले वन अधिकृत लामालाई घुससहित पक्राउ गरिएको जानकारी दिएका छन् ।

काठको छुटपूर्जीको म्याद थप गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिंदै गर्दा वन अधिकृत लामाकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियार कार्यालय सुर्खेतले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार