• २०७६ श्रावण ५ आइतबार

पहिरोमा पुरिएर काठमाडौंमा एकै परिवारका तीनको मृत्यु

फाइल तस्बिर

काठमाडौं,

काठमाडौंको मुलपानीमा पहिरोले घर पुरिँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । ढिस्को खसेर घर भत्कँदा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार अहिले स्काभेटरको सहयोगमा पुरिएको शवलाई निकाल्ने काम भइरहेको छ । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न भाग डुबानमा परेका छन् । काठमाडौंको ढुंगे अड्डामा रहेको होचो भागमा डुबानमा परेर ३ जना फसेका छन् । काठमाडौंमा ३ जनाको मृत्यु भएसँगै वर्षाका कारण मुलुकभर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ ।

गृह मन्त्रालयका अनुसार काभ्रेमा हजुरआमा र नातिनीको मृत्यु भएको छ। यस्तै ललितपुर, सिन्धुली, पर्सा, धादिङ, सुनसरी र महोत्तरीमा एकएक जनाको मृत्यु भएको छ। त्यस्तै काठमाडौं, मोरङ, सुनसरी र पाँचथरमा पनि एकरएक जना बेपत्ता भएको समाचार प्राप्त भएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार