• २०७६ कार्तिक ६ बुधबार

कुमार पौडेललाई नियोजित रुपमा हत्या गरिएकोे आफन्तको दाबी (भिडियो)

काठमाडौँ, 
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रूपमा नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गरेको छ । शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिवारले पौडेलको षड्यन्त्रपूर्वक हत्या गरिएको दाबी गरेको हो ।

असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही खोलाको छेउमा षड्यन्त्रपूर्वक हत्या भएको परिवारको दाबी रहेको छ । घट्नाको बारेमा बोल्दै मृतक पौडेलका भाइ हरिकृष्ण पौडेलले प्रहरीसँग मुठभेड नभई निर्देशनको आडमा प्रहरीले नियन्त्रणमा लिएर हातखुट्टा भाँचेर, दाँत झारेर गोली हानेको आरोप लगाएका छन् । उनले सागरनाथ वन विकास परियोजनाअन्र्तगत रहेको सुकुम्वासी बस्तीको विषयलाई उठाएका कारण कुमारको हत्या भएको बताएका छन् ।

परियोजनाको जग्गामा रहेका सुकुम्वासी व्यवस्थित गर्न परियोजनासँग भएको पाँच बुँदे सहमति कार्यान्वयन गराउन खोज्दा उल्टै परियोजनाले ७५ करोडको मुद्दा हालेको पनि उनको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार