• २०७६ श्रावण ५ आइतबार

भक्तपुरमा बाढीले बगाएर एक जना गम्भीर

हनुमन्ते खोलामा आएको बढीले बगाएका ३२ वर्षीय सन्तोष पहरीको अवस्था गम्भीर रहेको छ। काभ्रेको कोशीपारि घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोट बस्दै आएका पहरी शुक्रबार हनुमन्ते खोलामा खसेका थिए। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बाढी आएको हनुमन्ते खोला किनार हुँदै हिँडिरहेका पहरी खोलामा खसेका हुन्। खोला खसेर बगाएको जानकारी प्राप्त हुनासाथ तत्कालै महानगरीय प्रहरी प्रभाग बालकोटबाट प्रहरी टोली खटिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। प्रहरी टोलीले स्थानीयको सहयोगमा पहरीको उद्धार गरेर उपचारको लागि मध्यपुर थिमी नपाको गट्ठाघरस्थित नागरिक अस्पताल पठाएको उनले बताए। उनका अनुसार हनुमन्ते खोलाले बगाएर घाइते भएका पहरीको अवस्था गम्भीर रहेको छ।   बाढीले मध्यपुर थिमि नगरपालिकाको नयाँ ठिमी र सूर्यविनायक नगरपालिकाको वडा नम्बर ४ दधिकोट जोड्ने एक पुल जोखिममा परेको छ। बाढीले पुलभन्दा बाहिर कटान गरेको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार