• २०७६ कार्तिक १ शुक्रबार

त्रिशूलीमा ट्रक खस्यो, सहचालक बेपत्ता, चालक गम्भीर

फाइल फोटो

चितवन, 
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खस्दा सहचालक बेपत्ता भएका छन भने चालक घाइते भएका छन् ।

रुपन्देहीको भैरहवाबाट दाना बोकेर काठमाडौं जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक गएराति करिब साढे १ बजे त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।

ट्रक सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता छन भने चालक, ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार