• २०७६ श्रावण ५ आइतबार

सामाखुशीको मिठाइ पसलबाट घुससहित ४ प्रहरी पक्राउ

काठमाडौँ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानीको सामाखुसीबाट घूस लिँदालिँदै चार प्रहरी जवानलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय ट्राफिक महाशाखाका जवानत्रय देवेन्द्र बलायर, आकाश खनाल र नीरज भण्डारी तथा नेपाल प्रहरीको ३ नं. गणका जवान हिटलर साउद पक्राउ परेका हुन् ।

 आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार उनीहरुको साथबाट एक लाख रुपैयाँ बरामद भएको छ । उनीहरूले सामाखुसीको एउटा मिठाई पसलमा बसेर गाडी दुर्घटनामा परेका व्यक्तिका लागि बिमा रकम दाबी गर्न सिफारिस गरिदिने प्रलोभनमा पारी सेवाग्राहीसित घूस लिएका हुन् ।

उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार