• २०७६ श्रावण ५ आइतबार

नदी बस्तीमा पस्यो, डुब्यो सदरमुकाम गौर

अखिलेश कुमार यादव
रौतहट, 

रौतहटको  लालबकैया नदी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेपछि गौर नगरपालिकाको सबै भूभाग डुबानमा परेका छन् ।

अहिले झण्डै ७/८ फिट पानी छ । नदीको पानी बस्तीमा पसेपछि लाखौ मानिस विस्थापित भएका छन्  । सुरक्षाकर्मी समेत बाहिर निस्कन नसक्ने अवस्था बनेपछि उद्धारमा कठिनाई भएको छ । प्रहरीका अनुसार  ९० प्रतिशत भूभाग डुबानमा परेको छ ।

लालबकैया र बागमतिको बाँध भत्किएर पानी गाउँ पसेको हो। नदीबस्तीमा पसेपछि स्थानीय क्रासमा छन् । गौरस्थित प्रहरी कार्यालय, भंसार कार्यालय तथा आसापासका सबै बस्ती डुबानमा परेका छन् । अधिकांश मानिहरु छतमा बसेका छन्। पानी पर्न छाडेको छैन्। भारतिय सीमाक्षेत्रमा भारतले लगाएको बाँधका कारण पानीले निकाश पाएको छैन।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार