• २०७६ श्रावण २ बिहीबार

मिर्चैयामा औद्योगिक व्यापार मेला हुँदै, प्रचण्डले उद्घाटन गर्ने

 आलोक यादव ,
टिभी अन्नपूर्ण, सिराहा ।       
सिरहाको मिर्चैयामा प्रदेश २ मै प्रथम पटक “प्रादेशिक औद्योगिक व्यापार मेला तथा प्रथम प्रदेश स्तरीय मिर्चैया महोत्सव २०७५” हुने भएको छ । मिर्चैया उद्योग वाणिज्य सङ्घ एवम् नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा प्रदेश २ को मिर्चैयामा ‘समृद्ध मिर्चैयाको आधार, कृषि, उद्योग, पर्यटन र व्यापार’ भन्ने मूल नाराका साथ माघ २८ गतेदेखि फागुन ७ गतेसम्म भव्य औद्योगिक मेला हुन लागेको हो ।
यस क्षेत्रको धार्मिक पर्यटकीय स्थलहरूको विकास, मिर्चैया क्षेत्रको उद्योग, व्यापार, पर्यटन, जडीबुटी र कृषि उद्यमलाई विकसित गर्दै समृद्ध मिर्चैया निर्माणसँगै अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ अग्रसर गराउने उद्देश्यले आयोजना हुन लागेको हो । ९ दिने औद्योगिक व्यापार मेलामा स्थानीय कला संस्कृति, मिर्चैयाको विविधतायुक्त झल्काउने झाँकी, विभिन्न क्षेत्रको मौलिक वेशभूषा तथा संस्कृतिको प्रदर्शनी एवं विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिने भएको छ ।
मेलाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको मुख्य गन्तव्यसँगै कृषि, उद्योग, पर्यटन र स्थानीय व्यापार प्रबद्र्धनका लागि मुख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
महोत्सवमा जिल्लाका विभिन्न ठाउँका मौलिक उत्पादनसँगै प्रदेश र देश विदेशमा उत्पादित बस्तुहरूको प्रदर्शन र बिक्रीका लागि १ सय ३१ वटा स्टलहरू रहनेछन् । विभिन्न क्षेत्रका रहन सहनसहितको मौलिक खानाका परिकारहरूको बिक्री तथा प्रदर्शनी, कृषिजन्य बस्तुहरूको प्रदर्शनी, हस्तकला प्रदर्शनी, निःशुल्क उपचार, बाल उद्यान तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरूको प्रदर्शनी मेलामा गरिनेछ ।
प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आयआर्जनका लागि स्थानीय कृषि तथा वस्तु सेवाहरूको पहिचानसहित विकास र बजार प्रवर्द्धन गर्न सघाउने उद्देश्यले लगाउन लागिएको मेलामा जिल्लाको स्थानीय उत्पादन ९उद्योग, कृषि, पशुसेवा, विभिन्न बहुमूल्य जडीबुटी, घरेलु उद्योग० आदि कृषिजन्य वस्तुको प्रचारप्रसार, प्रवर्द्धन र बजारिकरणका लागि स्टलहरूमा प्रदर्शनी गरिने मिर्चैया उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि शंकर साहले जनाए ।

मिर्चैया–६ स्थित थाना चोकदेखि बजार जानेबाटोको खाली कम्पाउन्डमा हुन लागेको महोत्सव अवधि भरिमा स्थानीय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुद्धारा संस्कृति जगेर्नात्मक कार्यक्रमहरूको जोडदार प्रदर्शनी गरिनेछ ।

करिब ५० लाख लगानीको उक्त मेलामा अनुमानित ६० लाखको कारोबार हुने आँकडा गरिएको छ । मेला प्रवेशका लागि सर्वसाधारणलाई ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरूका लागि ३० र अशक्त तथा अपाङ्गका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । 

माघ २८ गतेबाट सुरु हुने महोत्सवको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० ले गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

सिद्धहस्त पुरुष दामोदरानन्द ब्रम्हचारी बाबाको भूमिको नामले परिचित मिर्चैयामा प्रदेश २ मै पहिलो पटक हुन लागेको यो मेलाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको मुख्य गन्तव्यसँगै कृषि, उद्योग, पर्यटन र स्थानीय व्यापार प्रबद्र्धनका लागि मुख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार