• २०७६ मङ्सिर २० शुक्रबार

आगामी महिला विश्वकपमा ३२ राष्ट्र

लन्डन,

आगामी फिफा महिला विश्वकपमा ३२ राष्ट्रले सहभागिता जनाउन पाउने भएको छन् । पछिल्लो दुई संस्करणमा २४ राष्ट्रले सहभागिता जनाउँदै आएकोमा अब ३२ राष्ट्रले प्रतियोगितामा सहभागिता जनाउने पाउने भएका हुन् । सन् १९९१ को पहिलो संस्करणमा १२ राष्ट्रको सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाको परिषद्ले सहभागी राष्ट्रको संख्या बढाउने प्रस्ताव स्वीकार गरेको हो । अब सन् २०२३ को विश्वकपमा ३२ राष्ट्रले महिला विश्वकपमा सहभागिता जनाउने छन् । पुरुष फुटबल विश्वकपमा भने सन् १९९८ बाट ३२ राष्ट्रले सहभागिता जनाउँदै आएका छन् ।

आउँदो महिला विश्वकप आयोजनाका लागि ९ देशले आयोजनाको प्रस्ताव राखेको बताइएको छ । प्रस्ताव राख्नेहरूमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, बोलिभिया, कोलम्बिया, जापान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र दक्षिण कोरिया रहेका छन् । यस पटक फ्रान्समा आयोजना भएको महिला विश्वकप प्रतियोगितामा अमेरिका विजेता बनेको थियो ।

एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार