बुस्केट्स र राकिटिकको गोलमा बार्सिलोनाको जित

स्पेनिस क्लब बार्सिलोनाले मैत्रीपूर्ण खेल अन्तर्गत इटालियन टोली नेपोलीलाई २-१ ले पराजित गरेको छ ।
खेलको ३८ औँ मिनेटमा सर्जियो बुस्केट्सले गोल गर्दै बार्सिलोनालाई दिलाएको अग्रता ४२ औँ मिनेटमा बराबरी भएको थियो । उम्टिटीको गल्तिको फाइदा उठाउँदै जोसे क्यालेहोनले नेपोलीका लागी गोल गरेका थिए ।
दोस्रो हाफको ७९ औं मिनेटमा इभान राकीटिचले उत्कृष्ट गोल गर्दै खेलमा बार्सिलोनालाई अग्रता दिलाए । उनले लामो दुरीबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । थप समयमा गोल हुन नसकेपछि बार्सिलोनाले जित दर्ता गरेको हो ।
घाइते रहेकाले लियोनल मेस्सी नखेलेका कारण बार्सिलोनाले ग्रिजम्यान, स्वारेज र पेरेजलाई फरवार्ड लाइनमा खेलाएको थियो । पहिलो पटक स्वारेज र ग्रिजम्यान सँगै खेलेका हुन् ।
बार्सिलोनामा नयाँ सिजनका लागि आएका गोलकिपर नेटोले पनि उत्कृष्ट खेल देखाएका थिए ।
प्रतिकृया दिनुहोस