• २०७६ भदौ ७ शनिबार

नेपोलीमाथि बार्सिलोनाको सानदार जित

काठमाडौं, 
प्रि–सिजनको मैत्रीपुर्ण खेलमा क्याटलान क्लब बार्सिलोनाले इटालियन क्लब एसएस नेपोलीमाथि सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले नेपोलीलाई ४–० गोलले हरायो ।

बार्सिलोनाको फराकिलो जितमा लुइस स्वारेजले दुई, एन्टोइन ग्रीजम्यानले र औसमाने डिब्बालेले एक एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा बार्सिलोनाले सबै गोल दोस्रो हाफमा गरेको थियो । ४८औं मिनेटमा सुआरेजको गोलबाट बार्सिलोनाले गोलको खाता खोलेको थियो । ५६औं मिनेटमा एन्टोइन ग्रिजमनले बार्सिलोनाको अग्रता दोब्बर बनाए । यसै सिजन बार्सिलोना पुगेका ग्रिजमनले बार्सिलोनाका लागि पहिलो गोल गर्न सफल भए ।

त्यसको दुई मिनेटपछि नै सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित पक्का गरेका थिए । ६३औं मिनेटमा औसमाने डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई ४–० को फराकिलो जित दिलाए ।

यसैगरी शनिबार रातिनै भएको अर्को मैत्रीपुर्ण खेलमा इटालियन क्लब एसी मिलानले फिरोनीकेलीलाई २–० ले पराजित गरेको छ । मिलानको जितमा सुसो र फावियो बोरिनीले गोल गरे ।

-एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार