• २०७६ कार्तिक १ शुक्रबार

पृथ्वीको एउटा शहर पुरै ध्वस्त हुने खतरा टर्‍यो

आईफल टावरभन्दा ठूलो आकशीय पिण्ड पृथ्वीमा झर्ने र यसले ठुलो क्षति गराउने बैज्ञानिकको चिन्ता हालका लागि टरेको छ । वैज्ञानिकहरु यो पिण्ड पृथ्वीमा खस्ने सक्ने भन्दै चिन्तित थिए । 

१० हजार ४ सय माइल प्रति घण्टाको दरले अन्तरिक्षमा घुमिरहेको उक्त आकशीय पिण्ड शनिबार पृथ्वी नजिकैबाट जादाँ ठक्कर खाएको भए पृथ्वीमा ठुलो क्षति हुने अनुमान बैज्ञानिकको थियो । 
१.८६० किलोमिटर व्यास भएको उक्त आकशीय पीण्ड पृथ्वीको नजिक हुँदै आफ्नो कक्षमा गएको थियो।
यो आकशीय पिण्डको नाम २००६ क्यूक्यू २३ रहेको हो । सन् २००६ को अगस्टमा यो पिण्डको पहिचान भएको थियो।

यो घटनापछि विश्वका वैज्ञानिकहरुले पृथ्वी धेरै ठूलो दुर्घटनाबाट जोगिएको बताएका छन्। उनीहरुले यदि उक्त आकशीय पिण्ड पृथ्वीमा ठोक्किएको भए त्यसको प्रभाव कुनै आणविक बमभन्दा ५ सय गुणा बढीले हुने द सन्डे एक्सप्रेसले उल्लेख गरेको छ।

अमेरिकी अन्तरिक्ष संस्था ९नासा०का अनुसार उक्त पिण्ड पृथ्वमा खस्दा एउटा सहरलाई पुरै ध्वस्त पारिदिन्थ्यो। यसको असरले कम्तीमा १३ लाख मानिसहरुको ज्यान जान सक्ने नासाले उल्लेख गरेको छ।

नासका निर्देशकसमेत रहेका जिम ब्रिडेन्साटाइनले यस्ता आकशीय पिण्ड पृथ्वीमा खस्न सक्ने खतराहरुको बारेमा यसअघि नै आफूहरुले सचेत गराएको बताएका छन्।

आकशीय पिण्डहरु पृथ्वीमा ठोक्किँदा प्रलय गएको इतिहास छ। ६ करोड ६० लाख वर्ष अघि आकशीय पिण्ड खसेकै कारण पृथ्वीमा महाप्रलय गएको थियो। जसका कारण डाइनोसोर जस्ता जीवहरु हराएर गए।

आकशीय पिण्ड पृथ्वीमा ठोक्किन सक्ने जोखिमलाई मध्यनजर गर्दै नासाले पछिल्लो समयअनुसन्धान गरिरहेको छ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार