• २०७६ मङ्सिर २३ सोमबार

सुनको मूल्य तोलाको ७१ हजार पुग्यो

काठमाडौं,

लगातार बढ्दै गएको सुनको मूल्य मंगलबार प्रतितोला १ हजार रुपैयाँले बढेको छ । छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

सोमबार छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँ वृद्धि भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ७०० पुगेको छ । 

सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ६९ हजार ७०० रुपैयाँ थियो । त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला ८२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर आज प्रतितोला ८३५ पुगेको महासङ्घले जनाएको छ । 

साउन महिनायता सुनको मूल्य अत्यधिका मात्रामा वृद्धि हुँदै गएको छ । यही साउन १५ गते यता सुनको मूल्य प्रतितोला छ हजार रुपैयाँ  बढिसकेको छ । अमेरिका–चीन व्यापार टकरावका कारण सुनको मूल्य वृद्धि भएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार