• २०७६ मङ्सिर ३० सोमबार

अर्घाखाँचीमा ज्वाइँले गरे श्रीमती, सासु र सालोमाथि खुकुरी प्रहार

अर्घाखाँची, 
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको नुवाकोटमा खुकुरी प्रहारमा हुँदा तीन जना घाइते भएका छन् । वडा नम्बर ६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले आफ्नै श्रीमती, सासू र सालोलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

उनले सोमबार राती ससुराली घरमा खुकुरी प्रहार गरेको थिए । खुकुरी प्रहारबाट १८ वर्षीया श्रीमती गिता घर्ती, ४३ वर्षीया सासू भुमकला क्षेत्री र ११ वर्षीया सालो अर्जुन क्षेत्री गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कले लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाएको र वुटवलमा पनि उपचार सम्भव नभएपछि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको प्रहरीले बताएको छ ।

घटना पछि फरार रहेका चिरनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार