• २०७६ भदौ ७ शनिबार

मैत्रीपुर्ण खेलमा अफगानिस्तान विरुद्ध नेपालको सानदार जित

काठमाडौँ, 
नेपालमा आयोजना हुने एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता अघिको मैत्रीपुर्ण खेलमा नेपालले अफगानिस्तान विरुद्ध सानदार जित निकालेको छ । 

ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा बुधवार भएको खेलमा नेपालले ३–२ को सेटमा अफगानिस्तानलाई हराएको हो । पहिलो सेट २२–२५ र चौथो सेट २५–२३ ले गुमाएपनि नेपालले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेको थियो । दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२१ ले जितेको नेपालले निर्णायक सेट १५–१३ ले हात पारेको थियो ।

घरेलु मैदानमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी स्वरूप नेपालले मैत्री पूर्ण खेल राखिएको हो । नेपाल र अफगानिस्तानबिचको दोस्रो मैत्री पूर्ण खेल बिहीबार हुनेछ ।

एसियन भलिबल सङ्घको संयोजनमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, मालदिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कि्मिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार