• २०७६ भदौ ३१ मंगलबार

किन दुख्छ ढाड ? यस्ता छन् लक्षण

हिजोआज ढाड दुख्ने समस्याले धरैलाई पिरोलिरहेको हुन्छ । ढाड विभिन्न कारणले दुख्ने चिकित्सकहरु बताउँछन् । 

– उचित व्यायाम नगर्नाले

–धेरै लामो समयसम्म कुर्सीमा बस्दा

– घरको काम गर्दा

–हड्डी र नशाको समस्या भएमा

–मेरुदण्ड वा लिगामेन्ट (मांसपेशी) च्यातिएमा

–पेटको समस्या

–पिसाबको संक्रमण

–मिर्गौला सम्बन्धी समस्या

–मेरुदण्डको क्यान्सर

–सुत्दा नमिलेर वा सुतेर पढ्दा लक्षण

–दुखेको ठाउँमा तातो हुँदै जानु

–दुखाइ खुट्टासम्म सर्दै जानु

–ढाड सन्न हुनु

–खुट्टा झमझमाउनु

–हिँड्दा खुट्टा कमजोर हुनु

–खुट्टामा प्यारालाइसिस समेत हुनसक्छ

जोगिने उपाय

–लामो समयसम्म मेचमा बस्नु हुँदैन । बसे पनि कम्मर बेल्ट प्रयोग गर्ने वा पछाडि तकिया राख्ने

– उचित तरिकाले व्यायाम गर्ने

–र्गहौँ काम नगर्ने

–यो समस्या क्याल्सियमको कमीका कारण पनि हुनसक्ने भएकोले पर्याप्त मात्रामा दूध, दहीको सेवन गर्ने

–नियमित व्यायाम गर्ने

–मदिरापान तथा धूमपान नगर्ने

उपचार विधि

–ढाड दुख्ने समस्या भए चिकित्सकलाई जाँच गराउनु पर्छ । एक्सरे, सिटी स्क्यान वा एमआरआई गरेर पनि ढाड दुख्नुको मुख्य कारण जस्तै मेरुदण्डको समस्या, मेरुदण्डको क्यान्सर, नसा च्यापिएको, लिगामेन्ट मांसपेशीको समस्या, डिस्कको समस्या, स्कोलियोसिस, कम्प्रेसन फ्याक्चर (जुन बूढेसकालमा महिलाहरूमा बढी हुन्छ) पत्ता लगाउन सकिन्छ ।

–ढाड दुख्दा पिसाब वा रगतको जाँच गरेर पनि अन्य कारण पत्ता लगाउन सकिन्छ ।

–दुखाइ सहन सक्ने किसिमको छ भने फिजियोथेरापीद्वारा ढाड दुख्ने समस्या कम गर्न सकिन्छ ।

–दुखाइ सामान्य किसिमको छ भने सामान्य पेनकिलर सेवन गरेर तथा व्यायाम गरेर पनि तीन महिनामा निको पार्न सकिन्छ । तर दुखाइ गम्भीर भएमा यो समस्या लामो समय रहिरहन्छ । कुनै चोटपटकका समस्या भएमा घरमै आराम गरेर तथा वरफले सेकेर पनि दुखाइ कम गर्न सकिन्छ ।

–नियमित व्यायाम गरेर, दुग्धजन्य पदार्थको सेवन गरेर, तीनदेखि छ महिना क्याल्सियमको सेवन गर्ने तथा गम्भीर किसिमको दुखाइलाई इन्जेक्सको प्रयोगद्वारा छ महिनामा पनि ठीक पार्न सकिन्छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार