• २०७६ भदौ ३१ मंगलबार

पसिना गन्हाउँछ ? यसरी गर्नुहोस् समाधान

गर्मी महिनामा शरीरबाट धेरै पसिना आएर हैरान नै हुन्छ ।  पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थीबाट बन्छ । जुन ग्रन्थीको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो । पसिना आउनु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ । शरीरबाट पसिना निस्कनु शरीरका लागि आवश्यक छ ।

शरीरमा भएको बिकार पसिनाकै रुपमा शरीरबाट बाहिर निस्कने हुनाले पसिनाले शरीरको तापक्रमलाई समेत सन्तुलनमा समेत राख्छ । यद्यपि, आवश्यकता भन्दा बढि पसिना आएर शरीर तथा पहिरन नै दुर्गन्धित हुन सक्छ । पसिनाको गन्ध अप्रिय हुन्छ । जसले वरिपरी बस्ने मानिसलाई समेत असहज बनाइरहेको हुन्छ । कोहीको कम गन्हाउँछ गन्ध आउँछ भने कोहीको अत्यन्तै नराम्रो गन्ध आउने गर्छ । 

पसिना गन्हाउँछ ? यस्ता छन् कारण  
- ब्याक्टेरिया इन्फेक्सन
अल्कोहलको बढी प्रयोगले
- जंक फुड खानाले 
- वंशाणुगत कारण  
- मसालेदार खानेकुरा धेरै खाएर
- धुम्रपान गर्नाले
- लसुन प्याजको प्रयोग धेरै गरेर 

 समाधान
- दैनिक नुहाउने,  नुहाउँदा एन्टिब्याक्टेरिया भएको साबुनको प्रयोग गुर्नुपर्छ ।    
- प्रत्येक दिन फिट्किरीको लेप लगाउने ।
 - ब्याक्टेरिया फंगस नै छ भने एन्टिब्याक्टेरिया क्रिमको प्रयोग गर्नुपर्छ   
 - यदि क्रिमले पनि काम गरेन भने एन्टी फंगस ट्याबलेट, एन्टिबायोटिक ट्याब्लेट खानुपर्छ ।
हाम्रो डक्टर न्यूजबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार