• २०७६ भदौ ३१ मंगलबार

भाइरल ज्वरोः ध्यान दिनुहोस् यी कुरामा

काठमाडौ ।

 भाइरल ज्वरो सरुवा रोग हो । रोगीले खोक्दा, हाँच्छ्यु गर्दा, हाई काढ्दा उसको शरीरमा भएका व्याक्टेरिया सजिलै अर्को व्यक्तिमा सर्ने गर्छ । रोगीको नजिक बस्दा स्वस्थ मानिसको नाक, मुखबाट यस्ता भाइरस सर्ने गर्छ । दूषित पानी, जथाभावी सडेगलेका खाने कुरालगायतका कारण रुघा खोकि, ज्वरो आउने गर्छ । 

भाइरल ज्वरोका लक्षण

- एक्कासी ज्वरो बढ्नु ।

- छिनमा चिसो छिनमा तातो महसुस हुनु ।

-हल्का खोकी लाग्नु ।

- वाकवाकी लाग्नु, कम्जोर महसुस हुनु ।

-आँखा रातो हुनु । 

- शरीर दुख्नु, जोर्नी दुख्नु ।

- अनुहार सुन्निनु र छाला रातो भई फोका आउनु ।

ध्यान दिनुपर्ने कुरा

- जथाभावी एन्टिबायोटिक प्रयोग गर्नु हुँदैन ।

- ज्वरोलाई कहिल्यै पनि हेलचेक्राईं गर्नु हुँदैन । 

- औषधिको डोज पूरा गर्नुपर्छ । बीचमै औषधि खान छोडिदिनु भयो भने एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया उत्पन्न हुन सक्छ ।  तुरुन्तै अस्पताल जान नसकेमा  घरमा नै सामान्य उपचार गर्नु पर्छ  । 

यस्ता छन् बच्ने उपाय

- व्यक्तिगत सरसफाईको बारेमा विशेष ध्यान दिनुपर्छ ।

- साबुन पानीले नियमित रुपमा दैनिक तीन चार पटक हात धुनुपर्छ ।

- भीडभाडमा जानु हुँदैन ।  
- Hamrodoctor News
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार