• २०७६ भदौ ३१ मंगलबार

खाना समयमा नदिएको भन्दै वेटरको गोली हानी हत्या

रेष्टुरेन्टमा समयमै आफ्नो खानाको अर्डर नल्याएको भन्दै एक जना ग्राहकले एक वेटरको गोली हानी हत्या गरेका छन् ।

प्यारिस नजिकैको शुक्रबार रातिको भएको घटनामा हत्याको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । गोली हान्ने ग्राहक फरार रहेको र अहिलेसम्म पक्राउ नपरेको बताइएको छ ।

काँधमा गोली लागेका २८ वर्षीय वेटरको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । मृतकका सहकर्मीहरूका अनुसार ती ग्राहक उनले माग गरेको खाना बनाउन लागेको समयका कारण रिसाएका थिए । 

"यो दुःखद घटना हो," एक २९ वर्षीया महिलाले फ्रान्सेली समाचार संस्थालाई बताइन्। "यो कुनै समस्या नभएको शान्त रेष्टुरेन्ट हो। यो केही महिना अगाडि खोलिएको थियो।"

केही स्थानीय बासिन्दाहरूले सडकमा लागु पदार्थको कारोबार बढेको कारण अपराध बढेको बताए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार