• २०७६ भदौ ३१ मंगलबार

सिम्रिक एयरलाइन्सलाई जहाज उडाउन प्राधिकरणको रोक

काठमाडौं, 
 नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक लगाएको छ । क्यानले स्वीकृत नगरेका पाटपुर्जा प्रयोग गरी जहाज उडाएको भन्दै एयरका सबै जहाज ग्राउन्डेड गरिदिएको हो ।

सिम्रिकले बिचक्राफ्ट १९०० जहाजमा प्रयोग हुने पाटपुर्जा मनोमानी प्रयोग गरेको र यसले गर्दा हवाइ सुरक्षामा गम्भीर असर गरेको भन्दै प्राधिकरणले भदौ ३ गतेदेखि उडानमा रोक लगाउने निर्णय गरेको हो। 

क्यानका उच्च अधिकारीले क्यापिटल नेपालसँग कुरा गर्दै पार्टपुर्जा परिवर्तन नगरेसम्म उडान हुन नदिने निर्देशन दिएको जानकारी दिए । सिम्रिकको वर्कसपसमेत अहिले निलम्बनमा छ ।  

क्यानले पटक पटक दिएको निर्देशनलाई उल्लङ्घन गरेका कारण तत्कालका लागि जहाज ग्राउन्डेड गर्न निर्देशन दिइएको स्रोतको भनाइ छ ।

 सन् २००९ मा स्थापना भएर सञ्चालनरत सिम्रिकसँग पाँच वटा जहाज छन् । सिम्रिकले काठमाडौंबाट भरतपुर, पोखरा र भैरहवा उडान गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार